सम्वन्ध टुटेपछिको सम्वन्ध : सत्य, लक्ष्मी र जीवनको ‘सारा फूल’

एक दिनमा कम्तिमा ५ वटा र बढीमा २०वटा सम्म नेपाली म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक हुने गरेका छन् । त्यस मध्ये कति त आएको र गएको सम्म थाहा हुदैन । प्रतिष्पर्धा बढेसंगै भिडियोमा समेत नयाँ नयाँ कन्सेप्टहरु प्रयोग हुन थालेका छन् । पहिला पहिला म्युजिक भिडियो भन्ना साथ व्यकग्राउण्डमा केहि व्यक्ति जम्मा गरि नचाएर हिरो हिरोइनलाई नचाउने भन्ने इमेज आउथ्यो । तर समयको चाह परिवर्तन भएसंगै कुनै एक भिडीयोले एक फरक कथा बोल्न थालेको छ । नृत्य गर्ने मान्छे खोज्ने मेकर्सले अहिले चलेका कलाकार खोज्न थालेका छन् । यसको पछाडी कलाकारको फुर्सद मात्रै नभएर भिडियोमा आएको क्रमिक सुधार समेत हो ।

नाजिर हुसेन, दयाहांग राई, जीवन भट्टराई लगायत समेत भिडियोमा देखिन थालेका छन् । यसको पछाडीको एकै कारण छोटो समयमा फरक फरक अभिनय गर्न पाउने र पारिश्रमिक समेत राम्रो हुनु रहेको कलाकार नाजिरले एक अन्तर्वार्तामा बताएका छन् ।

केहि वर्ष पछाडी फर्केर हेर्ने हो भने ‘मधुशाला’ नामक गजल सार्वजनिक भयो । लगभग ६ मिनेटको भिडियोमा मादकपदार्थ सेवन गर्न पुगेका ४पात्रको भित्री कथा बोलेको छ । यो प्रयोग गरेका थिए, चर्चित गायक सत्यराज आचार्यले । उनकै शब्द, स्वर, संगीत रहेको गीतमा कन्सेप्ट सिर्जना गर्दै उनले भिडियो निर्देशन गरेका थिए । एउटा भिडियोले कथा नै बोल्छ र एक पटक हेरेर हेर्ने प्यास मेटिदैन ।

यहि बाटोमा धेरै कलाकार तथा निर्देशक तानिएका छन् । यस मध्ये एज जोडी जीवन-लक्ष्मी समेत एक हुन् । उनीहरु रंगमंचमा अभिनय गर्दा गर्दै फिल्म, म्युजिक भिडियोमा देखिन थालेका छन् यी दुई । भिडियोमा अभिनय मात्रै नभएर निर्देशनमा समेत हात हालेका छन् । अभिनय बुझेका यी दुइको व्यस्तता समेत बढ्दो छ ।

उनै सत्यराजको एक गीत प्रणय दिवसको अवसरमा सार्वजनिक भएको छ । जहा अभिनय गरेकी छन्, लक्ष्मी बर्देवाले र निर्देशन यहि चर्चित जोडी लक्ष्मी-जीवनले गरेका छन् । सारा फूलबोलको गीतमा सत्यको आवाज, प्रदिप कुमार मैनालीको शब्द, किरण श्रेष्ठको संगीत तथा किरण कंडेलको संगीत संयोजन रहेको छ । लक्ष्मीलाइ पदम लोहारले साथ दिएका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियो विकाश धमलाले सम्पादन गरेका हुन् ।

पछिल्लो समयको नेपाली समाजको वास्तविकता ‘छोटो सम्बन्ध’ को विषयमा उक्त गीत बोल्छ । विवाहलाई जन्मौजन्मको बन्धन मान्ने नेपाली समाज बिस्तारै परिष्कृत बन्न थालेको छ । कुनै पनि बन्धनमा बाध्न नचाएर तथा सम्बन्धमा गम्भीरताको अभावमा सम्बन्ध बिच्छेद सम्मको यात्रा सहज बन्दै गएको छ । व्यक्तिले स्वीकारेसंगै समाजले स्विकार्नुको विकल्प रहदैन । अहिलेको समयमा विवाह सम्बन्ध बिच्छेद अनि फेरी विवाह सामान्य बन्दै गएको छ । हो यहि वास्थाविकताको कथा भित्रको एक कथा हो ‘सारा फूल’ ।

जव दोश्रो विवाह सामान्य हो भने यसको वास्तविकतालाइ हामीले स्वीकार्ने पर्छ । तर, दोश्रो पटक सम्बन्धमा आउदै गर्दा व्यक्तिमा आउने समस्यालाई न्यूनीकरण गर्न सक्नु पर्छ । यसको लागि सम्बन्धमा रहेका दुवैले बराबरी कोशिस गर्न जरुरी छ । बिगतको सम्बन्धले बर्तमानको श्रीमतीमा पर्ने असर बारे श्रीमान सजग हुन जरुरी छ । पुराना भाग्नावशेष दाहसस्कारको हिम्मत पतिमा र पुरानो सम्बन्धको स्वीकारोक्ति पत्नीमा हुन जरुरी छ । अनि मात्रै सम्बन्ध बलियो हुन्छ ।

एउटा ‘पेनडेन्ट’ मा भएको फोटोले बिच्किएकी श्रीमतीलाई आफ्नो पुरानो याद मेट्दै नया सुरुवात गरेका श्रीमानको सानो प्रयास प्रसंसायोग्य छ । हो, यहि साना साना खुसीमा अडेका छन् सुखी सम्बन्धहरु । कन्सेप्ट त फरक छ नै क्यामेराले समेत भिडियोलाइ न्याय गरेको छ ।

लक्ष्मी अभिनय माथिको दक्खालमा त कसैले औला उठाउन सक्दैन । तर भिडियो हेर्दै गर्दा ‘पैसा हालेर मोडल’ बन्ने को भिडमा पदम लोहार पर्छन् झैँ लाग्छ । उनको अभिनयको कारण गीत हेर्न बन्द गरौ झैँ लाग्छ । तर भिडियो कन्सेप्ट, गीतको कर्णप्रियता र लक्ष्मीको अभिनयले हामीलाई टिकीरहन बाध्य बनाउछ । त्यहाँ माथि मायालु जोडी जीवन लक्ष्मीको निर्देशन प्रसंसायोग्य छ । प्रणय दिवसमा सार्वजनिक गीतमा प्रस्तुत अन्तिम वाक्य ‘विगतलाई बिर्सिएर बर्तमानमा रमाउ’ नै यो कथाको थिम लाग्छ ।