प्रकाश र बर्षाको ‘परदेशी २’ शुभमुहुर्त

सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल परदेशी २को शुभ मुहुर्त गरिएको छ । आज शिवरात्रीको अवसरमा शुभमुहुर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । करिव २ महिनामा छायांकन सक्ने तयारी टिमको रहेको छ ।

‘परदेशी’  निर्देशक नारायण राइमाझीको निर्देशन रहने ‘परदेशी -२’ मा गायक प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिका निभाउने छन् । फिल्म बैदेशिक रोजगारीमा जाने नेपालीहरुको पिडाको कथामा आधारित हुनेछ । २०७२ मा प्रदर्शनमा आएको ‘परदेशी’ मा प्रशान्त तामांगले मुख्य भूमिका निभाएका थिए र फिल्मलाई दर्शकहरुले अत्यन्त रुचाएका थिए ।