चेन्नईमा फिल्म छायांकनको क्रममा ३को मृत्यु

फिल्म ‘इन्डियन २’को छायांकनको ३ जनाको मृत्यु भएको छ । क्रममा क्रेन दुर्घटनामा परेर मृत्यु संगै ९ जना घाइते भएका छन् ।

फिल्मका मुख्य कलाकार कमल हसनले निधन भएका टेक्निसियनको परिवारलाई आर्थिक सहयोग दिने घोषणा गरेका छन् । भारतीय संचार माध्यमका अनुसार हसनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । एस शंकरको निर्देशन रहेको दक्षिण भारतीय भाषामा निर्माण भैरहेको इन्डियन २ को छायांकन चेन्नाईमा भैरहेको थियो ।