२५ वर्षपछि नविन के भट्टराईको ‘आँखामा तिमीलाई’ भिडियो

करिब २५ वर्ष अघी चर्चाको शिखर चुम्न सफल गायक नबिन के भट्टराईको परिचय बोकेको गीत “आखामा तिमीलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ । नबिनको पहिलो गीति संग्रह रहरै रहरमा संग्रहित यो गीतलाइ नबिन र सम्बित भट्टराईले लेखेका हुन् । यति बेला भिडियो सार्बजनिक गर्दा पुराना कुराहरु याद आइरहेको र  त्यो बेलाको संगीत सुन्ने पुस्ता र अहिलेको पुस्तालाई जोड्न यो भिडियो सार्बजनिक गरेको नबिन बताउछन् ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा होम दवाडी र निर्जल खनालको अभिनय हेर्न सकिन्छ । बिजय भण्डारीले खिचेको यो भिडियोको सम्पादन योर स्टाइलले गरेको छ ।

आखामा तिमीलाई गीत ले धेरै श्रोता हरुको मनमा बसेर सफलता पुन सफल भएको थियो, त्यसैले पनि २५ वर्ष पछि भिडियो मार्फत फेरी दर्शक श्रोतहरु माझ आएको हुनाले फेरी पनि दर्शक हरुको पहिले जस्तै माया पाउने आशा पनि नबिन ले लिएका छन् । यो गीतलाई सबैले आफ्नो आफ्नो कथा संग जोड्नु भएको होला तर हाम्रो टिमले बनाएको यो कथा पनि पक्कै सबै लाइ मन पर्ने छ ” नबिन बताउछन् ।