‘पर्खी बसे फर्की आउँछु’ को शिर्ष गीत रेकर्डिंग

नेपाली कथानक चलचित्र ‘पर्खी बसे फर्की आउँछु’ को शिर्ष गीत रेकर्डिंग भएको छ । गीतमा प्रेम परियार र सबनम आचार्यको स्वर, सुन्दर पन्तको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ ।

राजबहादुर सानेको निर्देशनमा बनिरहेको यस फिल्मको छायांकन दाङमा सुरु हुदै राजधानीमा समेत भएको छ । फिल्मले अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा भन्नेछ । रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज विक कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा बनेको हो । चलचित्रमा प्रेम परियार, समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा. लोकराज पराजुली, हेमराज बीसी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ भने वसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको संगीत रहेको छ ।