यस्तो छ ‘सेन्टी भाइरस’ को शनिबारको कमाई

रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ ले प्रदर्शनको दोस्रो दिन पहिलो दिनको कमाईलाइ उछिनेको छ । शनिबार देशभरबाट फिल्मले १ करोड ३५ लाख ग्रस कलेक्सन गरेको छ । फिल्मको आधिकारिक फेसबुक पेज मार्फत उक्त जानकारी दिइएको हो । शुक्रबारको १ करोड १२ लाख जोड्दा फिल्मको दुइ दिने ब्यापार कुल २ करोड ४७ लाख हुन आउछ । यो आँकडा हेर्दा फिल्मले सजिलै लगानी उठाउने देखिन्छ ।
‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), दयाहांग राई, विल्सन बिक्रम राई, बुद्धि तामांग, सन्दिप क्षेत्री लगायतको अभिनय रहको छ । निर्माण टिमले फिल्मबाट हुने नाफाको आधा रकम धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तरराष्ट्रिय क्रिकेट स्टेडियमलाइ सहयोग गर्ने घोषणा गरेको छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया