‘ओठवाली’ मा अभिनय गरौ, उपहार जितौ !

पछिल्लो समय नेपालीहरुका बीचमा टिकटक एप एकदमै भाइरल भइरहेको छ । फिल्मदेखि गीतको प्रमोशनका लागि यसको सहारा लिने क्रम बढ्न थालेको छ । यस्तै एक गीतको टिकटक भिडियो बनाएर आर्कषण पुरस्कार जित्ने सक्ने अफर आएको छ । गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ रहेको गीतमा टिकटक भिडियो बनाउँनुपर्ने हुन्छ ।

गीतका शब्द अग्नी पराजुलीका हुन् । ओठवालीमा संगीत चाँदनी प्रसाद काफ्लेको रहेको छ । टिकटक बनाएपछि लाइक, कमेन्ट, सेयर अनी भ्युजका आधारमा विजेता घोषणा गरिने जनाइएको छ । यसमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई १० हजार पुरस्कार दिने घोषणा गरिएको छ । गीतमा गायक एवं मोडल दुर्गेश थापा र सोनिका रोकायाको अभिनय रहेको छ । गीतलाई निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीतमा भएका सुन्दर दृश्यहरु खिच्ने काम नवराज उप्रेतीले गरे भने सम्पादन नविन निरौंलाको रहेको छ ।