प्रतीक्षा आयुष्मानको ‘बिकिनी’ सुटको !

नेपाली उखान ‘नपाउनेले केरा पायो, बोक्रा सित चपायो’ भने उखान नेपाली फिल्म क्षेत्रका एक जोडीले चरितार्थ गरेका छन् । यहि फागुन १५गते विवाह गर्दै गरेका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको चटकले सीमा नागेको छ । उनीहरुको चटक देख्दा लाग्छ, उनीहरु नै विवाह गर्ने अन्तिम जोडी हुन्, जे गर्नु छ अहिले नै गर्नु छ ।

केहि समय अघि एक रक्सि कम्पनीको प्रायोजनमा प्रियंका ब्याचलर्स पार्टीका लागि विदेश पुगिन् र थरिथरीका तस्विर सार्वजनिक गरिन् ।

अब भने पालो आयुषको आएको छ । उनले आफ्ना भाइ र निकटका केही साथिको साथ ब्याचलर पार्टी मनाएका छन् । र प्रियंकासंग मिल्दा तस्विरहरु सार्वजनिक गरेका छन् । सार्वजनिक तस्विर आकर्षक भन्दा पनि घिनलाग्दा देखिन्छन् ।

सामाजिक संजालमा समेत उनीहरुको यो कदमलाई लिएर नकारात्मक प्रतिक्रियाको बर्षात नै भएको छ ।

सम्बन्ध सुरुवातबाट नै विवाद र आलोचना खेप्दै आएको जोडीले आलोचनामा नै रमाउन थालेको र यस्तो चटक गरेको झैँ लाग्छ ।

फिल्म लाइनमा लागेकी प्रियंकाको साथका कारण आयुषको असफल फिल्म क्षेत्र आगमन भयो । आयुषमाथि प्रियंका हावी भएको नजिककाहरु बताउछन् । कतै यो पनि प्रियंकाको प्रभावमा परेर गरिएको त होइन ?

अब भोली प्रियंका झैँ आयुषले बिकिनी लगाएको तस्विर समेत सार्वजनिक गर्ने त होइनन् ?