‘ताकतवर’ ट्रेलर

 

फिल्म ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ । जि.आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतीमा तयार फिल्म ‘ताकतवर’ले प्रेम र एक्सनको भाव प्रस्तुत गर्छ । गजेन्द्र रज्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार फिल्ममा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन् ।

फिल्ममा सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतकोअभिनय रहेको छ । रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ । सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्रडी गुरूङको सम्पादन रहेको छ । फिल्मको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो साता सम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ ।