‘परदेशी २’ मा केकी

फिल्म ‘परदेशी २’ मा केकी अधिकारी जोडिएकी छन् । छायंकन सुरु भएसंगै चर्चामा रहेकी केकी फाइनल भएको खबर सार्वजनिक भएको हो । यस अघि फिल्ममा प्रकाश सपुत, बर्षा सिवाकोटी र प्रसान्त तामांग फाइनल भैसकेका थिए ।

‘परदेशी’  निर्देशक नारायण राइमाझीको निर्देशन रहने ‘परदेशी -२’ मा गायक प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिका निभाउने छन् । फिल्म बैदेशिक रोजगारीमा जाने नेपालीहरुको पिडाको कथामा आधारित हुनेछ । २०७२ मा प्रदर्शनमा आएको ‘परदेशी’ मा प्रशान्त तामांगले मुख्य भूमिका निभाएका थिए र फिल्मलाई दर्शकहरुले अत्यन्त रुचाएका थिए ।