प्रेम परियार अभिनयसंगै गीतमा पनि

फिल्म ‘पर्खी बसे फर्की आउछु’ को शीर्ष गीतमा प्रेम परियार र सबनम आचार्यले आवाज दिएका छन् । सुन्दर पन्तको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मको लिड रोलमा समेत प्रेम नै रहेका छन् ।

फिल्ममा गायक प्रेम परियार, समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, लोकराज पराजुली, हेमराज बीसी लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट गायक प्रेम परियारले डेब्यु गरेका हुन् । अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा बोल्ने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका छन् । रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज विक कार्यकारी निर्माता, यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेका छन् । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ ।