निखारिएको ऋचाको सुन्दरता

याद गर्नु भएको छ ? आमा गुमाउनुको पीडाका वावजुद कलाकार ऋचा शर्माको सुन्दरतामा निखार आएको छ । एक हिम्मतवाली व्यक्तित्व ऋचाले आफ्नो दुख एक्लैले सम्हालिन् । आफु मात्रै होइन परिवारका सबै सदस्यलाई समेटेर राखिन् । भगवानले पनि मन सफा भएको व्यक्तिलाई हेर्छन भनेको पनि यहि होला । उक्त दुखद घडीले उनलाई समय समयामा पिरोले पनि उनी आफुलाई अझ बलियो पर्दै अघि बढेकी छन् ।

भनिन्छ, विवाह पछि नारीको सुन्दरतामा निखार आउछ । अभिनेत्री शर्मालाई हेर्दा त्यस्तै लाग्छ । विवाह पछि उनको मुहारमा चमक थपिएको छ । उनमा छुट्टै चामको अनुभव दर्शकले गरेका छन् । लाग्छ, उनी पूर्ण छिन् । पतिको साथ र आफ्नो आत्मविश्वासले उनलाई पूर्ण बनाएको छ । सामाजिक संजालमा सार्वजनिक हुने उनका तस्विर हेरेर अघाइदैन । दिनदिनै उनको भित्रीसंगै बाहिरी सुन्दरतामा चमक थपिएको छ । प्रेमी दिपेक्षसंग गरिएको विवाह उनलाई फापेको देखिन्छ । उनको खुसी उनको मुहारमा झल्किन्छ ।
नोट : आज उनको बौद्धिकताको बिषयमा धेरै कुरा गरिएको छैन ।
तस्विर : सामाजिक संजाल
शृंगार : ज्योति लिम्बु