‘टुक्रा’ मा रमाउदै केकी

केकी अधिकारीले धेरै फिल्ममा मुख्य भूमिका निभाईन् । तर खासै फिल्म जम्न सकेनन् । उनी निर्मित फिल्मले पनि चोरीको आरोप खेप्यो ।

अहिले भने उनी टुक्रे भूमिकामा रमाउन थालेकी छन् । छ माया छपक्कैमा उनको न त नामको चर्चा भयो, न कामको । सेल्फी किंगको गीत त राख्नु र नराख्नुको फरक नै केहि थिएन भन्ने चर्चा छ ।

आंचलसंग देउरानी जेठानीको भूमिकामा देखिएकी उनको उक्त फिल्ममा पनि  ठुलो भुमिका छ जस्तो लाग्दैन।

यहि बिच खवर सार्वजनिक भएको छ ,उनी परदेशी २ मा अनुबन्धित भएकी छन् ।

पहिला नै लिड कलाकार वर्षा सिवाकोटी अनुबन्धित फिल्ममा उनको भूमिका मुख्य होला भनेर दर्शकले के को आधारमा अपेक्षा गरुन् ?

कमेडीमा रमेकी उनले ‘हाम्रा’ मान्छे भन्दै काम गर्ने भन्दा पनि राम्रो फिल्म छान्ने समय पो आएको हो कि ?