के नयाँ फिल्म गर्दै छन्, प्रदीप ?

सफल फिल्म निर्देशक प्रदिप भट्टराइले नयाँ फिल्म बनाउन लागेका हुन् त ? उनी पछिलो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का जज रहेका छन् ।

यहि बीच सामाजिक संजालमा एक तस्विर सार्वजनिक गर्दै नयाँ फिल्म बनाउन लागेको बताएका छन् ।
उनी लेख्छन्:
अनुहारमा कालो र सेतो दारी
काधमा नयाँ सिनेमा बनाउने जिम्मेवारी

सार्वजनिक तस्विरमा उनी आकर्षक देखिएका छन् । च्याम्पियन यात्रासंगै उनी हिरो झैँ मिलेको पहिरनमा देखिन थालेका छन् ।

जात्रा, शत्रु गते र जात्रै जात्रा उनी निर्देशित सबै फिल्म सफल छन् । उनले बनाउने नयाँ फिल्म कस्तो बन्ला ? समयले बताउने छ।