जुत्ता पालिस गर्ने सनी बने ‘इन्डियन आइडल’

इन्डियन आइडल सिजन ११ का बिजेता सनी हिन्दुस्तानी बनेका छन् । आइतवार भएको अन्तिम प्रतिष्पर्धामा ५ मध्येका उनले सवैभन्दा धेरै भोट ल्याएर शो बिजेता बनेका हुन् । उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन् । टप टूमा रोहित राउत पुगेका थिए भने टप थ्री अनकोना मुखर्जी भइन् । त्यसैगरी टप फो रिदम कल्याण र अद्रिज घोष टप फाइभ भए ।

अमृतसरका सनी इन्डियन आइडल ११मा अडिसन दिनुअघि जिविकोपार्जनका लागि जुत्ता पालिस गर्थे । उनी आमा भने बेलुन बेच्ने र घरघर गएर चामल माग्ने काम गर्थिन् । अडिसनमै जजहरुको मन जितेका उनको गायकीको निकै चर्चा भएको थियो । यही बिचमा उनले केही फिल्मका लागि गीत गाइसकेका छन् ।