जयललिता बनिन् कंगना

भारतीय अभिनेत्री कंगना रनावत फिल्म ‘थलाइवी’ मा व्यस्त छिन् । तमिलनाडूकी राजनीतिज्ञ तथा कलाकार जयललिताको जीवनीमा आधारित फिल्ममा कंगनाले धेरै मेहेनत गरेकी छन् ।

आज २४ फ्रेबुअरी जयललिताको जन्मदिनको अवसरमा एक लुक सार्वजनिक भएको छ । कंगनाले फिल्मका लागि ८–१० किलो वजन बढाएकी छन् । एल विजयले निर्देशन गरेको फिल्ममा विष्णु इन्दुरीको लगानी रहेको छ ।  फिल्म २६ जुनबाट प्रदर्शनमा आउने छ ।