कलाकारको बजार ‘माया जदौं’

फिल्म ‘हिजो आजका कुरा’ को गीत सार्वजनिक भएको छ । ‘माया जदौं’ बोलको गीत कर्णस्पर्सी छ ।

उक्त गीतको अर्को नाम ‘कलाकारको बजार’ भन्न सकिने देखियो । किनकी नेपाली फिल्म जगतका अधिकांश कलाकारहरु उक्त गीतमा देखिएका छन् ।

एक झलक नै किन नहोस, परिचित अनुहारलाई देखाइएको छ । गीतमा मदनकृष्ण श्रेष्ठ देखि रीमा विश्वकर्मा सम्मको पुस्ता समेटिएको छ ।

यस अघि अर्को फिल्म ‘लक्का जवान’ को एक गीतमा समेत कलाकारको भीड नै लागाइएको थियो । गीत चल्यो पनि ।

के सन्तोष पन्तको यो गीत र फिल्म चल्ला ? कि असफल फिल्मको  भीड मै सिमित होला ? समयले बताउने छ।