नेपाली युवा व्यवसायी द्वारा पहिलो तारे होटल ‘होटल मेची क्राउन’

नेपाली युवा उद्यमीहरु बिस्तारै बिविध क्षेत्रमा लगानी गर्न अग्रसर भएका छन् । नेपालमा बिदेशिनुको विकल्प छैन भन्नेहरुलाई गलत सावित गर्दै नेपाली युवा आफ्ना लागि आफै काम गर्न थालेका छन् । आफु स्वरोजगार हुने मात्रै नभएर थालिएको प्रयासले धेरैलाइ रोजगारी शिर्जना गरेको छ । यहि बीच आएको छ पुर्व कै पहिलो पाँच तारे होटल, होटल मेची क्राउन युवा हस्पिटालिटी व्यवसायीले संचालन गर्न लागेको होटलमा ५००बढी व्यक्तिहरुले रोजगारी प्राप्त गर्ने छन् । यो त सुरुवात मात्रै हो भन्ने टिमको योजना देश भरी हस्पिटालिटी व्यवसाय बिस्तार गर्ने रहेको छ ।

पूर्वी नेपालको झापाजिल्ला स्थित धुलावारीमा डेढ अर्ब लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । मेची क्राउन होटलको व्यवस्थापन नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ । विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेकोमा पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । होटलमा पवित्रकुमार कार्की, बलराम सापकोटा, सुरेशमान श्रेष्ठलगायतको लगानी रहेको छ । होटलको ‘फाइनल टच’ को काम मात्र बाँकी छ ।

क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको सञ्चालक पवित्रकुमार कार्कीले क्यापिटल नेपाललाई जानकारी दिए । ‘हामीले सबै काम सकिसकेका छौं, केहि सामान्य काम मात्र बाँकी छ त्यो पुरा भएपछि बैशाखदेखि सञ्चालनमा आउँछ,’ उनले भने ।

१ सय ५ कोठा सहितको मेची क्राउनमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल समेत छ । भारतीय पर्यटकहरुलाई लक्षित गरी निर्माण भएको सो होटल भद्रपुर विमानस्थलबाट १० मिनेटको दुरीमा मात्र छ ।

भारतको पश्चिम बंगाल र विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने व्यवस्थापकको भनाइ छ । यो पूर्वि नेपालको पहिलो पाँच तारे होटल हो ।

होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् ।

हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने समूह पहिलो भएको दि पिक हस्पिटालिटीका सञ्चालक यादव पाण्डेको भनाई छ । उलने भेन ‘नेपाली व्यवस्थापकहरुले पनि अवसर पाएमा पाँच तारे होटल व्यवस्थापन गर्न सक्छन भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।’  दी पिकको यो चौथो व्यवस्थापन होटल हो ।

यसअघि भैरहवामा चार तारे होटल बोधि रेडसन, काठमाडौंमा तीन तारे होटल एयपोर्टको व्यवस्थापन जिम्मेवारी पनि लिइसकेका छन् । यस्तै गौशालामा रहेको आनन्द पशुपतिको पनि व्यवस्थापनको काम दी पिकले गरिरहेको छ ।

पछिल्लो समय झापामा स्टार होटल खुल्ने क्रमले तीव्रता पाएको छ । मेचीनगर र बिर्तामोडमा दुइटा पाँचतारे र एक तीन तारे होटल निर्माण अन्तिम चरणमा छन् । काँकडभिट्टामा दुइटा एकतारे होटल ५ वर्षदेखि सञ्चालित छन । दुबैमा मिनी क्यासिनो समेत छ । बिर्तामोडमा एक तारे एउटा सञ्चालनमा छ ।  विराटनगरमा १ देखि ३ तारे होटल तीनवटा छन् । धरानमा पनि तारे होटलहरू धमाधम लगानी भइरहेको छ ।
टिममा दिपक लेखक, विवेक बिस्ट, विशन शाह, यादव पाण्डे, नितेश पोखरेल लगायत रहेका छन् ।