‘भुल भुलैया – २’ लाई लिएर राजपाल उत्साहित

यतिबेला ‘भुल भुलैया -२’ को शुटिंग जयपुरमा चलिरहेको छ । फिल्ममा कार्तिक आर्यन, कियरा अडवाणी र तबु मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा ‘भुल भुलैया’ का कलाकारहरु मध्ये राजपाल यादव मात्र दोहोरिनेछन् । उनले फिल्मलाई लिएर आफु उत्साहित रहेको बताएका छन् ।
उनले भने – ‘म यो फ्रेंचाइजको एउटा भाग बन्न पाएकोमा खुशी छु । म ति दर्शकहरुलाई पनि धन्यवाद दिन चाहन्छु जसले ‘भुल भुलैया’ को मेरो चरित्र मन पराए र अहिले सम्म पनि सम्झीरहन्छन् । यसको लागि अनिस बाज्मी र भुषण कुमारलाई बिशेष धन्यबाद, म फिल्मको शुटिंग शुरु गर्दै छु र धेरै उत्साहित छु ।’
‘भुल भुलैया’ सन् २००७ मा रिलिज भएको थियो । उक्त फिल्मलाइ प्रियदर्शनले निर्देशन गरेका थिए । अक्षय कुमार, विद्या बालन, शाइनी अहूजा, अमीशा पटेल, परेश रावल लगायतको अभिनय रहेको हरर कमेडी जनराको उक्त फिल्ममा राजपालले ‘नटवर’ उर्फ ‘छोटे पंडित’ को चरित्र निभाएका थिए । उक्त चरित्रलाई दर्शकहरुले अत्यन्त रुचाएका थिए । अब ‘भुल भुलैया -२’ मा पनि उनि त्यहि भूमिका दोहोर्याउने छन् ।
‘भुल भुलैया -२’ को शुटिंग लखनऊ, जयपुर र मुम्बईमा हुनेछ । अनिस बज्मीले फिल्मको निर्देशन गर्नेछन् । हाल सम्म आधिकारिक जानकारी प्राप्त नभए पनि फिल्ममा अक्षय कुमारको पनि बिशेष उपस्थिति रहने बुझिएको छ । फिल्म जुलाईको अन्तिम तिर रिलिज हुनेछ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया