ट्रंपले गरे ‘डीडीएलजे’ र ‘शोले’ को तारिफ

अमेरिकी रास्ट्रपति यतिबेला भारतको भ्रमणमा छन् । यहि दौरान अहमदाबादमा आयोजित ‘नमस्ते ट्रंप’ इभेन्ट मार्फत उनले ‘डीडीएलजे’ र ‘शोले’ पुरा दुनियालाई मन पर्ने बताए । उनले सारा दुनियाले बलिवुडको यस्ता फिल्म हरु र नाच हेर्न मन पराउने बताए । भ्रमणमा आउनु भन्दा केहि दिन पहिले ट्रंपले आयुष्मान खुरानाको भर्खरै रिलिज भएको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ को पनि तारिफ गरेका थिए ।

शाहरुख खान र काजोल अभिनित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ अहिले पनि मुम्बईको मराठा मन्दिर थिएटरमा चलिरहेको छ । फिल्मले प्रदर्शनको १००० हप्ता भन्दा बढी पार गरिसकेको छ । फिल्म सन् १९९५ मा रिलिज भएको थियो । यहि फिल्मले शाहरुख खान र काजोललाई बलिवुडमा नयाँ उचाई दिएको थियो । त्यस्तै सन् १९७५ मा रिलिज भएको ‘शोले’ भारतकै ब्लकबस्टर फिल्महरु मध्ये एक हो । अमिताभ बच्चन र धर्मेन्द्र अभिनित फिल्मले कमाईमा धेरै रेकर्डहरु बनाएको छ । रिलिज भएको ३८ बर्ष पछी फिल्मको थ्रीडी भर्सन पनि निकालिएको थियो ।