जन्मदिनमा करणको युट्युव

जन्मदिन मनाउन माल्दिभ्स पुगेका करण सिंह ग्रोवरले आफ्नै अफिसियल च्यानल लन्च गरेका छन् । आफ्ना फ्यानहरुलाई सरप्राइज दिदै उनले च्यानल लन्चको खबर सार्वजनिक गरेका हुन् । स्टार इन्फिनिटी आर्ट नाम गरेको च्यानल उनको आफ्नो रहेको छ । जन्मदिन मनाउदै श्रीमतीका साथ समय बिताइरहेका उनीहरुका तस्विर सामाजिक संजालमा चर्चाको बिषयका रुपमा रहेका छन्।

करण भन्छन्, ‘मेरो दिमागमा केहि चिज छ जसले मलाई अर्को काम गर्न रोक्छ । किनकी मलाई यो सबै क्यानभासमा उतार्नु पर्छ । जब सम्म अभिव्यक्ति पुरा हुदैन तब सम्म अरु तिर ध्यान नै दिन सक्दिन । अब म आफ्नो काम प्रदर्शन गर्न तयार भएको छु । मैले युट्युव च्यानल लन्च गरें अब छिटै पेन्टिंग प्रदर्शन गर्ने छु ।’ करणको पेन्टिंग छिटै नै प्रदर्शन गरिदै छ ।