तिम्रो दिलको चाबी (भिडियो)

गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ । नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । प्रमोद के भण्डारीको कोरियोग्राफी गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।