सिर्जनात्मक जागिर कसरी खोज्ने ?

सिर्जनात्मक जागिर खोज्नेलाई मौका मिलेको छ । र यो अवसर सर्वनाम थिएटरको सहयोगमा सिर्जना सूत्रले गर्ने भएको छ । फिल्म, मिडिया, एनिमेसन र कर्पोरेट क्षेत्रमा रचनात्मक जागिर खोज्नेलाई सघाउन सम्बन्धित क्षेत्रका हस्तीसँग छलफल चलाइने भएको छ ।

बुधबार हुने छलफलमा निर्देशकद्धय दीपाश्री निरौला र विनोद पौडेल, सेयर राइडिङ एप पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत र इनसेस्यान्ट रेन स्टुडियोजका संस्थापक किरण भक्त जोशी वक्ताको रुपमा सहभागि हुनेछन् । सर्वनाम थिएटरमा हुने कार्यक्रममा निःशुल्क सहभागिताको व्यवस्था छ । पछिल्लो समय कलाजन्य व्यवसायमा युवाहरुको सक्रियता निकै बढिरहेको छ । धेरैजनाले यसलाई उद्यमको रुपमा अँगाल्न चाहेका छन् ।