माधव वाग्लेको फिल्ममा अनमोल केसी !

निर्माता माधव वाग्ले अब आफै निर्देशनमा उत्रदै छन् । यतिबेला उनले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ मा अनमोल केसी खेल्ने खबर बाहिरिएको छ । खबरहरुको अनुसार भूबन केसी र अनमोल केसी दुवैले फिल्मको स्क्रिप्ट मन पराएका छन् । फिल्मको स्क्रिप्ट प्रदिप भारद्वाजले लेखिरहेका छन् ।

झरना थापाको फिल्म ‘ए मेरो हजुर -४’ पछी अनमोलले ‘एन्टी हिरो’ गर्ने चर्चा थियो तर ‘पारस’ मन परेपछी ‘एन्टी हिरो’ सर्ने सम्भावना बढेको छ । केहि अघि अनमोल फिल्म ‘धुपौरे’ सँग पनि जोडिएका थिए तर पछी उनले हात झिकेपछी फिल्म नै नबन्ने भयो । एक भारतीय फिल्मको कुरा पनि उनिसँग जोडिएर आएको थियो तर अहिले फिल्मको अत्तो पत्तो छैन ।

झरना थापाको फिल्म ‘ए मेरो हजुर -४’ को शुटिंग केहि दिन मै शुरु हुदैछ । ‘पारस’ अनमोलको दशौ फिल्म हुनेछ ।