‘कैथी’ को रिमेकमा रितिक, सलमान या अजय !

तमिल फिल्म ‘कैथी’ रिमेक हुने चर्चा केहि अघि देखि चलिरहेको थियो । अब भने उक्त कुरा निश्चित भएको छ । रिमेक बन्ने कुरा निश्चित भएपछी फिल्मको लागि रितिक रोशन या सलमान खान सँग कुरा हुने भनिएको थियो । तर ‘पिंकविला’ को रिपोर्टको अनुसार यी दुवै कलाकार फिल्ममा हुने छैनन् । फिल्मको मुख्य भूमिकाको लागि अहिले अजय देवगनको नाम आगाडी आइरहेको छ ।

खबरहरुको अनुसार अजयले तामिल ओरिजिनल भर्सन हेरिसके र हिन्दिको स्क्रिप्ट पनि सुनिसके । उनि फिल्म गर्न इच्छुक छन् र अनुबन्धित हुनसाथ फिल्मको आधिकारिक घोषणा गरिनेछ ।

अजयको पछिल्लो फिल्म ‘तन्हाजी’ बक्स अफिसमा हिट भएको छ । अहिले उनि ‘मैदान’ को शुटिंगमा ब्यस्त छन् भने ‘आरआरआर’ र ‘चाणक्य’ मा पनि उनि देखिने छन् ।