करन जोहरका लेखकले ट्विटरमा ‘हिन्दु टेरोरिस्ट’ लेखेपछि

- मेराेफिल्म

करन जोहरको कम्पनि धर्मा प्रोडक्सनका लेखक मध्येका एक हुसेन हैद्रीले ट्विटरमा ‘हिन्दु टेरोरिस्ट’ लेखेपछि धेरै जनाले त्यसको बिरोधमा उत्रिएका छन् । उक्त ट्विट पछि फिल्ममेकर विवेक अग्निहोत्रीले त्यसको प्रतिक्रियामा करनलाई ट्याग गरेर बिरोध गर्दै ‘के करनले जानी जानी यस्तो मान्छेलाई भारतीय इतिहास बोकेको फिल्म लेख्न लगाएका हुन् ?’ भन्ने प्रश्न गरेका थिए । उनले अगाडी लेखेका थिए – ‘के यश जोहर ले यसलाई सहमति दिन्थे होलान ?’

त्यहि ट्वीटको कारण सोमबार करनले हैद्रीलाई कामबाट निकालिदिएका छन् । मानिसहरुले भने बिरोध स्वरुप करनको फिल्म ‘तख्त’ लाई बोयकट गर्ने अभियान नै चालेका छन् । उनीहरुले हैद्री मात्र नभएर करन माथि पनि रिस पोख्दै करनले यस बिषयमा स्पष्टीकरण दिनु पर्ने माग गरेका छन् ।

हुसेन हैद्रीले ट्विटरमा ‘युज दिज टु वर्ड्स. वर्ड्स आर इम्पोरटेन्ट. हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट हिन्दु टेरोरिस्ट’ लेखेका थिए । अहिले उक्त ट्विटर अकाउन्ट बन्द गरिसकिएको छ ।

२०७६ फागुन १३ गते १०:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *