स्वरुपराजको स्वरमा ‘झल्को’ बोलको गीत सार्वजनिक

चर्चित स्वरुपराज आचार्यको स्वर रहेको ‘झल्को’ बोलको गीत सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीतको भिडियोलाई बिनोद बमले निर्देशन गरेका हुन् । गीतको भिडियोमा प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन र निर्देशक बमकै सम्पादन रहेको भिडियोलाई किरण क्रियसनको युट्युब च्यानल मार्फत सोमबार साँझ सार्वजनिक गरिएको हो ।