यसकारण ‘सेन्टी भाइरस’ नहेरी फर्किएका थिए दिपकराज गिरि

यहि आइतबार फिल्म ‘सेन्टी भाइरस’ ले बिशेष शो को आयोजना गरेको थियो । उक्त शो मा थुप्रै फिल्मकर्मीहरुको उपस्थिति थियो । कलाकार दिपकराज गिरि पनि त्यहाँ पुगेका थिए तर उनि फिल्म नहेरी फर्किएका थिए । उनले आफु त्यसरी फर्किनुको कारण बताएका छन् । उनले आफु धुर्मुस सुन्तली र उनको समुहलाई बधाई दिन गएको बताउदै आफुलाई बस्न नमिल्ने गरी पिलो आएको कारणले फिल्म नहेरी फर्केको बताए । उनले आफुले धुर्मुस र विल्सन बिक्रम राईसंग भनेर नै निस्केको जानकारी दिए । त्यस्तै उनले धुर्मुस सुन्तलीको मात्र नभएर हरेक नेपाली फिल्म चल्दा आफु खुशी हुने बताए ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले समिक्षा राम्रो नपाए पनि व्यापार भने राम्रो गरिरहेको निर्माण टिमको दाबि छ ।