‘कमेडी च्याम्पियन’ को फाइनल चैत्र १ गते

- मेराेफिल्म

‘कमेडी च्याम्पियन’ अब अन्तिम अन्तिम चरणमा आइसकेको छ । शो को उत्कृष्ट तिनमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । चैत्र १ गते शो को फाइनल हुनेछ र त्यहि बाट विजेता छानीनेछ । विजेताले २५ लाख नगद र एउटा कार पाउनेछन् । फाइनल कार्यक्रममा वरिष्ठ कलाकारहरु हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको पनि उपस्थिति रहनेछ ।

सुमन कोइराला र खड्गबहादुर पुन वाइल्ड कार्ड इन्ट्रीबाट प्रवेश गर्दै फाइनल सम्म पुगेका हुन् । तिन प्रतिष्पर्धी मध्ये आफुलाई मन पर्नेलाई चैत्र १ गते १२ बजे सम्म भोट गर्न सकिनेछ ।

पहिलो सिजनमा नै ‘कमेडी च्याम्पियन’ ले अन्य रियालिटी शो हरुलाई पछि पारेर माथि आउन सफल भएको छ । कान्तिपुर टेलिभिजनबाट आउने स्ट्यान्डप कमेडी  कार्यक्रमलाई ‘थ्री प्रोडक्सन’ को निर्माणमा बिशाल भण्डारीले निर्देशन गरेका हुन् । कार्यक्रममा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराईले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै रिमा विश्वकर्मा शो मा होस्ट एबम कार्यकारी निर्माताको रुपमा छिन् ।

२०७६ फागुन १४ गते ८:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *