‘प्यारासाइट’ प्रभाब : दक्षिण कोरियाले सेमी-बेसमेन्ट अपार्टमेन्ट सुधार गर्ने

दक्षिण कोरियाली सरकारले सेमी-बेसमेन्टमा बसोबास गर्ने १५०० परिवारलाई आर्थिक सहायता गर्ने योजना घोषणा गरेको छ । सरकारले न्युन आय भएकाहरुको जीवनस्तर उकास्ने उधेश्यका साथ उक्त सहायता घोषणा गरेको हो । सरकारको यस्तो कदम वोंग जुन हो निर्देशित कोरियाली फिल्म ‘प्यारासाइट’ को प्रभाबको रुपमा हेर्न सकिन्छ ।

सरकारले कोरिया इनर्जी फाउन्डेसन र सियोल मेट्रोपोलिटन गभर्मेंट संगको सहकार्यमा सेमी-बेसमेन्टमा न्यानो बनाउने, भुइँको सुधार तथा भेन्टिलेटर लगायतको सुधारहरु गर्नको लागि उक्त आर्थिक सहयोग गर्न लागेको हो ।

‘प्यारासाइट’ को मुख्य कथा सेमी-बेसमेन्ट अपार्टमेन्ट मा बस्ने किम परिवारको आर्थिक संकट र संघर्षको वरिपरि घुम्छ । फिल्मको एक दृश्यमा अत्याधिक वर्षाको कारण उनीहरु बस्ने ठाउँ डुबानमा पनि पर्छ । ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्म सहित ४ ओस्कार जित्दै इतिहास रचेको थियो । फिल्मले क्यान फिल्म फेस्टिभलमा पनि उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । फिल्म दक्षिण कोरियामा सबैभन्दा धेरै कमाउने फिल्म हो । त्यस्तै अन्तरराष्ट्रिय बजारमा पनि फिल्मले राम्रो कमाइ गरेको छ । निर्देशक वोंग जुन हो जन्मिएको शहरमा शालिक तथा संग्रहालय बनाउन र उनको नाम बाट बाटो हरुको नाम राख्न पनि मानिसहरुले अभियान नै चलाएका छन् ।