रणबीर सँग बराबर गर्न अमिताभलाई चार कुर्सि आबश्यक !

अमिताभ बच्चन अहिले फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनमा ब्यस्त छन् । छायांकन स्थलबाट उनले ४ वटा तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेका छन् । तस्विरमा फिल्मका अर्का अभिनेता रणबीर कपुर पनि छन् । तस्विरको क्याप्सनमा उनले ‘मलाई मन पर्ने रणबीर सँग कामको दौरान …. उनको प्रतिभा सँग बराबर गर्नको लागि मलाई ४ वटा कुर्सि चाहिन्छ’ लेखेका छन् ।

 

अमिताभको उक्त पोष्ट सामाजिक संजालहरुमा भाइरल भएको छ । अमिताभ र रणबीर दुबैका फ्यानहरुले उक्त पोष्ट मन पराएका छन् र रणबीर पनि अमिताभकै बाटोमा भएको बताएका छन् ।

आयन मुखर्जीको निर्देशनमा बनिरहेको फिल्मलाई करन जोहरले निर्माण गरिरहेका छन् । फिल्मको चर्चा अहिले नै ब्यापक चलिरहेको छ । फिल्म तिन भागमा निर्माण हुनेछ । फिल्ममा भीएफएक्स को भरपुर प्रयोग रहनेछ । फिल्ममा आलिया भट्ट पनि मुख्य भूमिकामा छिन् । विभिन्न पाँच भाषामा निर्माण हुने फिल्म डिसेम्बर ४ मा रिलिज हुनेछ ।