मिस नेपालको प्रसारण अधिकार कान्तिपुर टेलिभिजनलाई

हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगिताको प्रसारण अधिकार कान्तिपुर टेलिभिजनले प्राप्त गरेको छ । हिडन ट्रेजर र कान्तिपुर टेलिभिजन बीच केहि समय अघि भएको सम्झौता भर्खर सार्बजनिक गरिएको हो । कान्तिपुर टेलिभिजनका स्टेसन हेड दिनेश डीसीले सम्झौतासंगै मिस नेपाल प्रतियोगीताले थप उचाई लिने बताए ।

राजधानीमा आयोजित एक कार्यक्रम मार्फत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राज कर्णीकारले सम्झौता सार्बजनिक गरेका हुन् । त्यस्तै ट्रेजरका शुबर्ण क्षेत्रीले आगामी संस्करणबाट मिस नेपाल प्रतियोगीता थप परिस्कृत रुपमा प्रस्तुत हुने बताए । कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठसंगै उत्कृष्ट चार प्रतिस्पर्धीको सहभागीता थियो ।

आगामी सिजनको मिस नेपालका लागि झापाको विर्तामोढ, सुनसरीको धरान, पर्साको बिरगञ्ज, काठमाण्डौ, चितवनको भरतपुर, रुपन्देहिको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा गरेर बिभिन्न ९ स्थानमा अडिसन हुनेछ । । सन् १९९४ बाट हुदै आएको मिस नेपालका लागि आयोजकले अनलाईन दर्ता पनि खुल्ला गरेको छ ।