‘मिस नेपाल पिस २०२०’ को लागि १८ जनाको छनोट

‘मिस नेपाल पिस २०२०’ प्रतियोगिताको ७ औँ संस्करणका लागि उत्कृष्ट १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवतीहरु अन्तिम प्रतिस्पर्धाको लागि छानिएका हुन् । प्रतियोगिताको प्रथम चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । त्यसबाट आयोजकले २५ प्रतियोगीहरु छान्नेछन् ।

नर्सिङ पेशामा रहेकाहरुको कार्यदक्षता वृद्धि गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित सौन्दर्य प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तिमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुले भाग लिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत्रको अन्तिम साता हुनेछ । विभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शीर्ष उपाधिका लागि स्पर्धा गर्नेछन् ।

पहिलो चरणको अडिसनबाट छनोट भएका प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रोटिन अवेरनेस, व्यक्तित्व विकास, सञ्चारकला लगायत प्रशिक्षणमा सहभागी गराइने छ।

प्रतियोगीहरु ट्यालेन्ट शो, स्टेज पर्फमेन्स लगायत विभिन्न चरण पार गर्दै फाइनलमा भिड्ने छन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले विजेताले चीनमा आयोजना हुने ‘मिस वर्ल्ड पिस’ मा नेपालको प्रतिनिधित्व गर्ने तथा इन्डोनेसियाको बाली भ्रमणको अवसर पनि प्राप्त गर्ने बताए ।