रविले भने ‘सेन्टी भाइरस’ मा मिहिनेत कम भयो

रवि लामिछानेले ‘सेन्टी भाइरस’ हेरेर आफ्नो प्रतिक्रिया दिएका छन् । रविले सिताराम कट्टेललाई आफु उनको ठुलो प्रसंशक भएको भन्दै ‘सिनेमा यो भन्दा राम्रो बन्न पर्थ्यो, यो भन्दा राम्रो बन्न सक्थ्यो’ भने । उनले अगाडी थपे – ‘क्रिकेटमा तपाइको मिहिनेत बढी भएकोले सिनेमामा तपाइको मिहिनेत कम छ ।’ त्यस्तै उनले आफुलाई धुर्मुसले गरेको काममा कसैले खोट नलगाइदिए हुन्थ्यो जस्तो लागेकोले आफुले डराई डराई फिल्म हेरेको बताए । उनले – ‘यो भन्दा राम्रो तपाइले बनाउन सक्नु पर्छ, सक्नु हुन्थ्यो’ भन्दै आगामी प्रोजेक्टमा बढी मिहिनेत गर्नु भन्ने सुझाब दिए ।

शुक्रबारबाट हल हरुमा चलिरहेको फिल्मले राम्रो कलेक्सन गरिरहेको खबरहरु आएको छ । फिल्मको समिक्षा भने राम्रो छैन । निर्माण टिमले नाफाको आधा रकम निर्माणाधिन क्रिकेट रंगशालालाइ दिने घोषणा गरेको थियो ।