जितु बने कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डर

चर्चित हास्य कलाकार जितु नेपाल दुई वर्षका लागि कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । मंगलबार बैंकले एक कार्यक्रम आयोजना गरेर नेपाललाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो । अब उनले बैंकको बजार प्रबर्धनको काम गर्नेछन् ।

नेपालले ‘जिरे खुर्सानी’ लगायतका चर्चित हास्य टेलिश्रृंखलाहरु र ‘छक्का पन्जा’ लगायतका हिट फिल्महरुमा काम गरेका छन् । उनि आजकल ‘मुन्द्रेको कमेडी क्लब’ नामक टेलिभिजन कार्यक्रम संचालन गर्छन । त्यस्तै उनी ‘छक्का पन्जा’ को चौथो भागको प्रि–प्रोडक्सनमा पनि ब्यस्त छन् । यसअघि उनि नेपाल वायु सेवा निगम, रोयल सुज, सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा लाइफ इन्सुरेन्सको ब्रान्ड एम्बेस्डर बनेका थिए ।