सलमानले बाढी पिडित गाउँलाइ सहारा दिने

वलिउड अभिनेता सलमान खानले एक बाढी पिडित गाउँलाइ नै सहारा दिने भएका छन् । कोल्हापुर जिल्ला स्थित खिदरापुर गाउँलाइ सलमानले ऐलान फाउंडेशन सँग सहकार्य गरेर आवासको व्यवस्था गर्नेछन् । उक्त गाउँमा सन् २०१९ मा ठुलो बाढी आएको थियो ।

सलमानले सामाजिक संजाल मार्फत पनि पिडितहरुको पिडामा दुख जताएका थिए । ऐलान फाउंडेशनका रवि कपुरले आफुहरु सलमान खान सँग जोडिन पाएकोमा खुशी ब्यक्त गरेका छन् । सलमानले मानिसहरुलाई सहयोग गरेर आफु उदार मनको भएको प्रमाणित गरेका छन् । ‘दंबग ३’ को बेला उनले एक स्पट वोय को फसेको पैसा असुल्न पनि सहयोग गरेका थिए ।