प्रचण्डकी नातिनीले गाइन् रेखा थापाको फिल्मको गीत

पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनी स्मिता दाहालले अभिनेत्री रेखाले निर्माण गर्न लागेको नयाँ फिल्मको गीतमा स्वर दिएकी छिन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्मिता संगै प्रताप दासको पनि स्वर रहेको छ ।
सानै उमेर देखि गीत गाउने स्मिताका ‘मायालु तिमी कता छौं’, ‘कल्लाई थाछैन्’, ‘कमेरोले पोतेको’ जस्ता गीतहरु हिट छन् । ‘मायालु तिमी कता छौं’ गीत सुनेर नै रेखा थापा र बसन्त सापकोटाले स्मितालाई फिल्मको गीतमा आबद्ध गराएका हुन् ।
फिल्मको निर्देशन साविर श्रेष्ठले गर्नेछन् भने फिल्ममा रेखा थापा, सौगात मल्ल र दयाहाङ राईलाई मुख्य भूमिकामा देख्न सकिनेछ । फिल्मको छायांकन बैसाखबाट प्रारम्भ हुनेछ र फिल्म तिहारमा रिलिज गरिनेछ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया