हार्वी वाइन्स्टाइन दोषी ठहर

यौन दुर्व्यवहारको मुद्धा खेपिरहेका हलिउड निर्माता हार्वी वाइन्स्टाइनलाई अदालतले दोषी ठहर गएको छ । पाँच आरोप मध्ये उनलाई दुइमा दोषी ठहर गरेको हो । उनलाई ५ देखि २५ वर्षसम्म जेलको सजाय हुन सक्नेछ ।

सन् २०१७ को अक्टोबरमा ‘दि न्युयोर्क टाइम्स’ र ‘द न्युयोर्कर’ को रिपोर्ट अनुसार वाइन्स्टाइनलाई दर्जन बढी महिलाहरुले यौन शोषण, दुर्ब्यबहार र बलात्कारको आरोप लगाएका थिए । हलिउड अभिनेत्रीहरु ग्वेनेथ पाल्ट्रो, उमा थरम्यान र सल्मा हाएकले पनि उनलाई यौन शोषणको आरोप लगाएका थिए । हलिवुडका प्रभावशाली निर्माता वाइन्स्टाइनले ‘पल्प फिक्सन’, ‘सेक्सपियर इन लभ’, ‘गुड विल हन्टिङ’ लगायतका फिल्महरु निर्माण गरेका छन् ।