‘पारस’ मा अनमोल खेल्ने पक्का, भुवन केसीले निर्माण गर्ने

- मेराेफिल्म

माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ मा अनमोल केसी खेल्ने पक्का भएको छ । साथै फिल्मलाई भुवन केसीको कम्पनि ‘दि सुपर काजोल’ ले निर्माण गर्ने भएको छ । केहि अघि देखि नै फिल्ममा अनमोल केसी खेल्ने खबरहरु आइरहेको थियो । ‘पारस’ को स्क्रिप्ट प्रदिप भारद्वाजले लेखेका हुन् ।

झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ छायांकन सकिएपछि ‘पारस’ को कामहरु सुरु हुनेछ । फिल्मका अन्य कलाकारहरु भने निश्चित छैनन् । ‘पारस’ को कारण धेरै अघि देखि चर्चामा रहेको फिल्म ‘एन्टी हीरो’ भने पछाडी धकेलिने छ ।

२०७६ फागुन १५ गते १६:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *