राजकुमार हिरानीको फिल्ममा शाहरुख र काजोल हुनसक्ने

बलिवुडमा शाहरुख-काजोल को जोडी पर्दामा हिट जोडी हो । प्रसंशकहरु उनीहरु लाइ संगै फिल्ममा देख्न आतुर पनि छन् । अब ति प्रसंशकहरुको लागि खुशीको अवसर आउन सक्नेछ । उनीहरु फेरी फिल्ममा संगै देखिने सम्भावना रहेको छ । शाहरुखको आगामी प्रोजेक्टमा काजोल पनि हुने चर्चा चलिरहेको छ ।

‘फिल्मफेयर’ का अनुसार शाहरुख राज र कृष्ण डिके को फिल्म गर्दैछन, साथै राजकुमार हिरानीको फिल्ममा पनि उनि देखिने चर्चा चलिरहेको छ । खबरहरुको अनुसार राजकुमार हिरानीको फिल्ममा शाहरुख संग काजोल र करिना कपुर मध्ये एक हुनेछन् । उक्त फिल्म को छायांकन गुजरात, लन्डन र क्यानाडामा हुनेछ । धेरै वर्ष अघि ‘मुन्ना भाइ एमबिबिएस’ को लागि हिरानी शाहरुखकोमा पुगेका थिए तर पछि उनको रोल संजय दत्तले गरे ।

यस अघि शाहरुख र काजोल रोहित शेट्टीको फिल्म ‘दिलवाले’ मा संगै देखिएका थिए ।