‘नो टाइम टु डाइ’ अहिले सम्मकै लामो ‘बोन्ड’ फिल्म

जेम्स बोन्ड सिरिजको २५ औ फिल्म ‘नो टाइम टु डाइ’ सिरिजकै सबै भन्दा लामो फिल्म हुने कुरा रिगल सिनेमाज ले खुलाएको छ । खबरको अनुसार फिल्मको लम्बाई १ सय ६३ मिनेट (२ घण्टा ४३ मिनेट) हुनेछ । यस अघि सिरिजको लामो फिल्म ‘स्पेक्ट्र’ १ सय ४८ मिनेट लामो थियो ।

फिल्मको लम्बाईले कमाइमा केहि असर गर्छ भन्ने बिश्वास गरिन्छ । तर अपबादको रुपमा १ सय ६० मिनेटको ‘वन्स अपन अ टाइम इन हलिवुड’ र १ सय ८१ मिनेट लामो ‘एभेंजर्स: इन्ड गेम’ ले भने राम्रो कमाइ गरेका थिए । ‘नो टाइम टु डाइ’ पनि यिनै फिल्महरुको सुचीमा पर्न सक्नेछ । फिल्ममा ड्यानियल क्रेग अन्तिम पटक जेम्स बोन्डको रुपमा देखिदैछन् ।