कलाकार खोज्दै ‘टुल्की’ टिम

फिल्म ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’ आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने फिल्मका लागि टिमले फिल्म खेल्न इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । निर्देशक लक्ष्मण सुनारका अनुसार इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागी बोलाइने छ ।

जुम्ला, मुगु र डोल्पामा छायाँकन गरिने फिल्काम लागी २० देखि २५ वर्ष उमेर समुहकी एक मुख्य अभिनेत्री र २२ देखि ३० वर्ष उमेर समुहका दुई मंगोलियन अनुहारका मुख्य अभिनेताका साथै अन्य सहायक कलाकारको लागी अडिसन खुल्ला गरिएको हो । निर्माण घोषणाको लामो समय पश्चात फ्लोरमा जाने तयारीमा रहेको फिल्मको कथामा काम गर्न केही समय लागेका कारण छायाँकनमा ढिलाई भएको निर्देशक सुनाएले बताए ।

हरी श्रेष्ठ र शेखर लामा निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंमले तयार पारेका हुन् । अरोन अशोककुमारको छायाँकन रहने फिल्मका मुख्य कलाकारको लागी अडिसन आगामी मार्च १२ अर्थात फागुन २९ गते गरिनेछ । फिल्मको कथा निकै राम्रो भएका कारण पनि निर्माणमा कुनै कमी कमजोरी नछोड्ने निर्देशक सुनारको दाबी छ । यसअघि यो फिल्ममा अभिनेत्री बेनिशा हमालले पनि मुख्य भुमिकामा अभिनय रहने खबर बाहिरिएको थियो । बहुपती प्रथामा आधारित रहेर फिल्म निर्माण गरिने छ ।