‘तीन जन्तु’ बनाउदै अर्पण थापा

फिल्मकर्मी अर्पण थापाले नयाँ फिल्म बनाउने भएका छन् । उनको निर्देशनमा तयार हुने फिल्म ‘तीन जन्तु’ बन्ने पक्का भएको हो । फिल्ममा कलाकार सौगात मल्ल, रविन तामांग, श्रिस्टि श्रेष्ठ र निर्देशक थापा समेत रहने छन्।

फिल्मको छायांकन मुस्तांगमा गरिने र छिटै नै फ्लोरमा जाने श्रोतले बताएको छ । निर्देशनमा असफल अभिनयमा सफल थापाको यो फिल्म कस्तो बन्नेछ समयले बताउला।