वान सिनेमाजले नयाँ पर्दा थप्दै

बानेश्वर स्थित वान सिनेमाजमा नयाँ हल थपिने भएको छ । करिव १००सिट क्षमता रहने उक्त प्रिमियम हलमा सुबिधा सम्पन्न सिट तथा अत्याधुनिक साउण्ड सिस्टमको व्यवस्था रहने छ । यहि बर्ष असोज १५बाट संचालनमा आएका २ हलमा प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकको भिडका कारण छोटो समयमा नै पर्दा थप्ने निर्णय टिमले गरेको हो ।

दर्शकको सहभागिताका कारण उत्साहित भएर हल थप्ने निर्णयमा पुगेको एमडी प्रज्वल समसेर राणाले बताएका छन् ।

दर्शकको सुबिधालाइ ध्यानमा राख्दै कम मूल्यमा बढी आनन्द दिने टिमको योजना रहेको, र यसैका लागि लग्जरी हल थप्न लागेको हल म्यानेजर उमेश राज गिरी बताउछन् । उनी थप्छन्, हलमा बिताउने २, ३ घण्टाको समयमा दर्शकलाई बढी भन्दा बढी आनन्द प्रदान गर्नु नै आफुहरुको लक्ष्य रहेको छ । सुबिधा र सस्तो मूल्य कै कारण बढी भन्दा बढी दर्शक हलसम्म तान्नु टिमको उदेश्य रहेको छ । नयाँ पर्दा बैशाखबाट संचालनमा ल्याउने तयारी रहेको छ ।