‘छक्का पन्जा -४’ बन्ने निश्चित, दशैँमा रिलिज हुने

‘छक्का पन्जा’ सिरिजको चौथो फिल्म ‘छक्का पन्जा -४’ बन्ने निश्चित भएको छ । दीपक राज गिरिले आफ्नो फेसबुक मार्फत उक्त जानकारी सार्बजनिक गरेका हुन् । उनले फिल्म २०७७ को फूलपातीमा रिलिज हुने पनि बताएका छन् । उनले फेसबुकमा आफु, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बुडा) र जितु नेपालको फोटो पोस्ट गर्दै ‘हामि चार “छक्का पन्जा ४” …..फूलपाती २०७७’ लेखेका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेका ‘छक्का पन्जा’ सिरिजका अघिल्ला तिनै फिल्म सफल फिल्महरु हुन् । ‘ए मेरो हजुर ४’, ‘परदेशी २’, ‘अल्लारे २’, ‘कबड्डी ४’, ‘प्रेम पुञ्ज’, र ‘पारस’ ले पनि दशैँलाइ नै रिलिज मिति तोकेका छन् ।