सिवाकोटीको ‘भन्देउ मायाले’ (भिडियो)

गायक तुलसी सिवाकोटीको गीत ‘भन्देउ मायाले’ सार्वजनिक भएको छ  । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । एक कार्यक्रमको सिलसिलामा निर्देशक कार्की चितवन जादा प्रस्तुतीबाट प्रभावित भै क्रुलाइ काठमान्डौ बोलाई म्युजिक भिडियोमा अवसर दिएका हुन् ।