करनको ‘चप्पल’ मा बले र निराजन

करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन् । बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर  थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन् । भिडियोमा एलिशा राई , निराजन प्रधान , अन्जली अधिकारी र सागर लम्सालको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । माइ वे ग्रिल एण्ड बारकोले निर्माण गरेको भिडियोलाई  राजिव समरले  निर्देशन गरेका हुन् ।