यस कारण खोसियो ‘मिस नेपाल’ बाट ‘मिस युनिभर्स’

हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगिताका विजेता र उपविजेताहरुले विश्वभर हुने विभिन्न ५ ठुला सौन्दर्य प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने गरेका थिए । तर सन् २०२० को लागि भने हिडन ट्रेजरको तर्फ बाट ‘मिस युनिभर्स’ मा नेपालले प्रतिनिधित्व गर्न नपाउने भएको छ । यसरि खोसिनुको कारणबारे हिडन ट्रेजरले पनि अनविज्ञता जनाएको छ । ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले आफुहरु नवीकरण प्रक्रियामा जानु अघिनै उनीहरुले यस वर्ष नेपाललाई नदिने भन्ने इमेल आएको बताए । उनले अर्को वर्ष फेरी पाउने आशा पनि ब्यक्त गरे ।
मिस नेपाल वर्ल्डले मिस वर्ल्ड, मिस नेपाल युनिभर्सले मिस युनिभर्स, मिस नेपाल इन्टरनेसनलले मिस इन्टरनेसनल, मिस नेपाल अर्थले मिस अर्थ र मिस नेपाल सुप्रानेसनलले मिस सुप्रानेसनललाई प्रतिनिधित्व गर्ने अवसर दिईन्थ्यो ।
यस्तो हुनसक्छ कारण :
‘मिस वर्ल्ड’ र ‘मिस युनिभर्स’ एक आपसमा प्रतिद्वन्दी इभेन्टहरु हुन् । मिस नेपालको तर्फबाट विजेता ‘मिस नेपाल’ ले ‘मिस वर्ल्ड’ र उपविजेता (फर्स्ट रनरअप) ले ‘मिस युनिभर्स’ मा भाग लिने गरेका थिए । अर्थात् मिस नेपालले पहिलो प्राथमिकतामा मिस वर्ल्डलाइ राखेको छ । यसरि विजेता को सट्टा उपविजेता पठाउने भएको कारणले नै ‘मिस युनिभर्स’ ले मिस नेपाललाइ अवसरबाट बन्चित गरेर मिस नेपालको विकल्प खोजेको पनि हुन सक्छ । साथै मिस इन्टरनेसनल, मिस अर्थ र मिस सुप्रानेसनलले पनि मिस नेपाल बाट हात झिकेर विकल्प खोज्न सक्ने सम्भावना छ ।

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउ…

प्रतिक्रिया