बोन जोभी र ब्रिटिश राजकुमार ह्यारीले रेकर्ड गरे ‘अनब्रोकन’

ब्रिटिश राजकुमार ह्यारीले चर्चित अमेरिकी गायक बोन जोभी सँग गीत रेकर्ड गराएका छन् । लन्डन स्थित एबे रोड स्टुडियोमा बोन जोभीकै पुरानो गीत ‘अनब्रोकन’ को पुन: रेकर्डिङ दुवैजना मिलेर गरेका हुन् । जोभीले रेकर्डिङको दौरानको छोटो भिडियो सामाजिक संजालमा राखेका हुन् । सार्बजनिक भिडियो उनीहरुले गीत गाउन शुरु गर्ने लाग्दा सकिन्छ । बोन जोभीका अनुसार उनले राजकुमार ह्यारीलाई गीत पठाएका थिए बदलामा ह्यारीले चिठ्ठी लेखेर गीतलाई इन्भीक्टस गेम्स मा राख्ने प्रस्ताव गरेका थिए ।
यो वर्षको इन्भीक्टस गेम्स को लागि उक्त गीत रेकर्ड गरिएको हो । गीत मार्चको अन्तिममा सार्बजनिक गरिनेछ । इन्भीक्टस गेम्स मा बिरामी र घाइते सैनिकहरु बीच विभिन्न खेलहरु खेलाइन्छ । राजकुमार ह्यारीले सन् २०१४ मा इन्भीक्टस गेम्स को स्थापना गरेका थिए ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया