मार्च २ मा ‘सूर्यवंशी’ को ४ मिनेट लामो ट्रेलर आउदै

- मेराेफिल्म

रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर रिलिज मिति निश्चित गरिएको छ । फिल्मको एक पोस्टर शेयर गर्दै मार्च २ मा ट्रेलर आउने जानकारी दिईएको हो । ट्रेलर ४ मिनेट लामो हुनेछ । हिन्दि फिल्ममा यति लामो ट्रेलर पहिले देखिएको थिएन ।

फिल्मलाई महाराष्ट्र सरकारले हलमा चौबिसै घण्टा प्रदर्शन गर्न सकिने अनुमति दिएको छ भने फिल्म पूर्व निर्धारित मिति भन्दा ३ दिन पहिले नै मार्च २४ मा रिलिज गरिदैछ ।

घोषणा लगत्तै चर्चा बटुलिरहेको प्रतिक्षित फिल्म ‘सूर्यवंशी’ सन् १९९३ को बम काण्डमा आधारित रहेको छ । फिल्ममा अक्षय कुमारले एन्टी टेरोरिस्ट स्क्वाड अफिसरको भूमिका निभाएका छन् । फिल्ममा कट्रिना कैफ पनि छिन् । त्यस्तै फिल्ममा रणवीर सिंह र अजय देवगन पनि देखिनेछन्, उनीहरु ‘सिम्बा’ र ‘सिङ्घम’ को चरित्रमा देखिनेछन् ।

२०७६ फागुन १८ गते ९:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *